गोरखा जिल्ला प्रमुख जिल्ला अधिकारि आदरणीय सर श्री भोला दाहाल तथा जिल्ला प्रहरी प्रमुख ज्यू लाई यस गण्डकी गाउँपालिकामा स्वागत गर्नुहुँदै अध्यक्ष , उपाध्यक्ष एवं प्रमुख प्रसासकिय अधिकृत ज्यू लगायत गण्डकी गाउँपालिका परिवार ! साथै गण्डकी गाउँपालिका लाई विभिन्न विषयमा जानकारी दिनुभयो !
तिमिल्सिना (साकार) ज्यूको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री ललिता अधिकारी ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, सम्पूर्ण वडा का वडा अध्यक्ष ज्यू तथा बिषयगत शाखाका शाखा प्रमुख ज्यूको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
गण्डकी गाउँपालिका वडा नं १ मकैसिङ र आसपासका क्षेत्रहरुमा रेविज लागेका कुकुरले विभिन्न पशु तथा मानिसमा समेत टोकेर आतंक मच्चाएपछी सोको नियन्त्रण र रोकथामको लागि खटिनुहुँदै गाउँपालिकाका पशु सेवा प्राविधिकहरु । आज रेविज लक्षण देखेको कुकुरले टोकेका २१ वटा पशुहरुमा रेविज विरुद्धको भ्याक्सिन लगाइएको छ । यदि तपाईको गाउँ ठाउँमा पनि पशुहरुमा रेविज लागेको शंका लागेमा वा रेविज लागेको कुकुरहरु देखा परेमा गाउँपालिकाको पशु सेवा शाखा वा सम्बन्धित वडाका पशु सेवा प्राविधिकहरुलाई सम्पर्कको लागि हार्दिक अनुरोध गर्दछौँ ।